|

काठमाडौँ : बशिर अहमदका रुपमा नेपाल ‘ए’ को चौथो विकेट खसेको छ।

उनले २१ बल खेलेर ३ चौका हान्दै १९ रन बनाएर गेविन होएको एलबिडब्ल्यू धरापमा परे। उनी आउट हुँदा नेपालको स्कोर १० ओभर २ बलमा ८० रन थियो।

यसअघि टी-२० शृंखलाको तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपाल ‘ए’ ले कप्तान विनोद भण्डारीका रुपमा तेस्रो विकेट गुमाएको थियो।

उनले ८ बलको सामना गरेर ११ रन बनाउँदै फियोन ह्यान्डको बलमा बोल्ड भए। यतिवेला नेपालको स्कोर ५ ओभरमा ३५ रन थियो।

अहिले क्रिजमा आरिफ शेख र पवन सराफ ब्याटिङ गरिरहेका छन्। 

घरेलु टोली नेपाल ‘ए’ ले टी-२० शृंखलाको तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्ड ‘ए’ ले टस जितेर फिल्डिङ गर्ने भएपछि नेपालले पहिले ब्याटिङ गरेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ का कप्तान निल रकले टस जितेर फिल्डिङ गर्ने निर्णय लिए।

अघिल्ला दुवै खेलमा पराजित हुँदै शृंखला गुमाइसकेको नेपाल सान्त्वना जितको लक्ष्यमा छ। 

यसअघि भएका दुई खेलमा नेपाल ‘ए’ २१ रन र ४० रनले पराजित भएको थियो।

आयरल्यान्ड ‘ए’ भने आजको खेल पनि जितेर शृंखला ‘क्लिन स्विप’ गर्ने सुरमा छ।

नेपाली टोलीः

विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, पवन सराफ, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमलसिंह ऐरी र विपिन खत्री

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.