|

हेटौंडा : बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री एवं हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्रचार्यले आफू यही कार्यकालभित्रै मुख्यमन्त्री बन्ने सम्भावना देखिएको बताएका छन्। सोमबार बसेको प्रदेशभाको बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलाई विश्वासको मतको समर्थन गर्दै उनले आफू पनि यही कार्यकालमा मुख्यमन्त्री बन्ने सम्भावना बलियो भएको बताएका हुन्।

‘यसअघि सदमा मैले भनेको थिएँ। म चाहेर यहाँ पुगेको ब्यक्ति होइन। आगामी ८४ सालको निर्वाचनपछि मुख्यमन्त्री हुन्छु कि म भनेर बोलेको थिएँ। तर, आज म संस्कृति पर्यटन तथा सहकारी मन्त्री तपाईहरुकै कारणले बनेको हु भनेर फेरि भन्छु , ’ मन्त्री बज्रचार्यले भने , ‘तर ८४ सालको निर्वाचनपछि होइन यस्तै परिपाटीले यही कार्यकालभित्र मुख्यमन्त्री हुने सम्भावना देखाइदियो।'

उनले यसअघि दलका नेताहरुसँग भएको कुराहरुमा क्षमा याचनासमेत गरेको बताए। मन्त्री बज्राचार्यले यसअघि आफूले दुई पटकसम्म मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिए पनि सरकारबाट अन्याय भएको बताए। पछि मुख्यमन्त्री जम्मकट्टेलले आफूसँग क्षमा याचना गरेपछि सरकारमा सहभागी हुने अवस्था आएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.