|

बागमती  : बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीकी सांसद रमा आले मगर मन्त्री नियुक्त भएकी छन्।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उनलाई सोमबार साँझ मन्त्री नियुक्त गरेको माओवादी संसदीय दलका प्रमुख सचेतक रत्न ढकालले जानकारी दिए।
 
मंगलवार बिहान ९ बजेलाई प्रदेश प्रमुख कार्यालयमा उनको शपथ ग्रहण कार्यक्रम रहेको प्रमुख सचेतक ढकालले बताए। मन्त्री नियुक्त गरे पनि आलेलाई मन्त्रालयको जिम्मेवारी तोकिएको छैन। स्रोतका अनुसार आलेले भौतिक मन्त्रालयमा दावी गरेकी छिन्। 

आले एकीकृत समाजवादीबाट प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला सांसद हुन्। चन्द्रागिरि नगरपालिकाकी रमा काठमाडौँ–१० ‘ख’ बाट प्रत्यक्ष निर्वाचित भएकी हुन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.