|

काठमाडौं : विभागीय टोली एपीएफ विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

विराटनगरको शहीद रङ्शालामा सोमबार बेलुकी सम्पन्न खेलमा चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गरी एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो।    

एपीएफका लागि प्रदीप लामा र अनिष महर्जनले एक-एक गोल गरे। मध्यान्तरपछि ५७ मिनेटमा लामा र ८७ मिनेटमा महर्जनले गोल गरेका हुन् ।

 एपीएफका प्रदीप लामा खेलको प्लेयर अफ द म्याच घोषित भए। उनले नगद ११ हजार प्राप्त गरे। 

मंगलबार मछिन्द्र फुटबल क्लब काठमाडौं र भारतको कोलकातास्थित साउर्थन समिति फुटबल क्लबबीच अन्तिम क्वार्टरफाइनल खेल हुनेछ। 

विराट गोल्ड कप ट्रष्टद्वारा आयोजित गोल्डकप विजेता टोलीले ट्रफीसहित ११ लाख, उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ राशिको पुरस्कार प्राप्त गर्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.