|

हेटौंंडा : बागमती प्रदेशकी नवनियुक्त विनाविभागीय मन्त्री रमा आले मगरले भौतिक पूर्वाधार मन्त्रालयमा आफ्नो दाबी रहेको बताएकी छन्। 

मंगलवार विनाविभागीय मन्त्रीको शपथ ग्रहण पश्चात् पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री आलेले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी आफूले पाउनुपर्ने बताएकी हुन्।

‘काठमाडौं क्षेत्र नं–१० प्रदेश ‘ख’ को नागरिकले मलाई कामयावी मान्छेको रुपमा हेर्नुहुन्छ। त्यसो हुँदा म कामयावी मन्त्रालयको जिम्मेवारी लिन चाहन्छु। त्यसो हुँदाखेरी मैले भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी पाउँनुपर्छ’, मन्त्री आलेले भनिन् , ‘म त्यसलाई सम्हाल्न सक्षम पनि छु। म त्यसलाई अगाडि बढाउन सक्छु भन्ने सोचेको छु। त्यसो हुँदा उहाँहरु मौखिक हिसाबले सहमति पनि हुनुहुन्छ। त्यसैमा मेरो काम गर्ने दावा, इच्छा र चाहना पनि छ।’

मन्त्री आले बागमतीका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत दिने समयमा आफू गायब नभएको समेत दाबी गरिन्। उनले आइतवार मात्रै संसदीय दलको बैठकले अहिलेको समयमा मुख्यमन्त्री जम्कट्टेललाई सहयोग नगर्ने निर्णय गरेपछि आफू काठमाडौंमा बसेको भन्दै पछि केन्द्रमा बागमती सरकार टिकाउन समर्थन गर्ने निर्णय भएपछि आफू हिडेको र त्यसकारण ढिलाई भएको बताइन्।

प्रदेशसभाको पहिलो कार्यकालमा पनि सांसद रहेकी उनी अघिल्लो कार्यकालमा उद्योग पर्यटन तथा वन समितिकी सभापति समेत भएर काम गरेकी छन्। हाल बागमती प्रदेशमा भौतिक पुर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी नेकपा माओवादी केन्द्रका युवराज दुलाले सम्हालिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.