|

काठमाडौं : राष्ट्रियसभा उपाध्यक्षका लागि नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनी र सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका छन्। सत्ता गठबन्धनमा बनेको सहमति अनुसार माओवादीकी शशीकला दाहालले राजीनामा दिएपछि रिक्त राष्ट्रियसभा उपाध्यक्षका लागि भोलि चैत २८ गते निर्वाचन हुँदैछ।

आज मंगलबार बिहान कांग्रेस संसदीय कार्यसमितिको बैठकले पुडासैनीलाई उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको थियो। ७६ वर्षीया विष्णुमाया गत माघमा बागमतीमा महिला क्लष्टरबाट राष्ट्रियसभामा निर्वाचित भएकी थिइन्।

यस्तै एमालेले सत्ता गठबन्धनको पनि समर्थन रहने गरी उम्मेदवार बनाएको छ। तर एकीकृत समाजवादीले पनि दाबी छाडेको छैन।  

यसअघि सत्ता गठबन्धन फेर्ने बेला एमाले, माओवादी, जसपा र रास्वपाबीच राष्ट्रियसभा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो। तर गठबन्धनमा एकीकृत समाजवादी थपिएपछि सो बुँदा हटाइएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.