|

कर्णाली : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता यमलाल कँडेलले दाबी पेस गर्दै छन्। प्रदेश प्रमुख तिलक परियारले दिएको मंगलबार साँझ ५ः५० समय सीमाभित्रै उनले मुख्यमन्त्रीमा दाबी गर्ने भएका हुन्। 

माओवादी केन्द्रका नेता कृष्णबहादुर जिसीका अनुसार सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीचको सहमतिका आधारमा नेता कँडेलले मुख्यमन्त्री पदमा दाबी पेस गर्न लागेको हुन्। एमालेले नेतृत्व लिने सहमति यसअघि भएपनि मन्त्रालय भागबन्डामा भने कुरा मिलेको छैन। 

मुख्यमन्त्री छाडेको माओवादीले सबैजसो शक्तिशाली मन्त्रालय मागेपछि भागबन्डामा सहमति हुन नसकेको हो। माओवादी नेता जिसीले मन्त्रालय बाँडफाँटमा कुरा नमिलेसम्म आफूहरू सरकारमा नजाने बताए। 

उनका अनुसार माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालयमा दाबी गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.