|

काठमाडौँ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति असंवैधानिक भएको उल्लेख गर्दै बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।

गण्डकी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले सभामुखलाई समेत जोडेर बहुमत पुर्‍याउनु असंवैधानिक भएको भन्दै रिट निवेदन दायर गरेका हुन्।

रिट निवेदनमा यही चैत २५ गते अधिकारीले जालझेल गरी दूषित तवरले दावी पेश गरेको र अधिकारीलाई मुख्यमन्त्रीका रुपमा कामकारबाही गर्न नदिने आदेशको माग गरिएको छ। 

रिट निवेदनमा सभामुख तटस्थ व्यक्ति भएकाले कुनै पनि दलका लागि बहुमत पुर्‍याउन नमिल्ने जिकिर गरिएको छ। उक्त रिटको सुनुवाइ बुधवार हुनेछ।

यसअघि, कोशी प्रदेशमा नेकपा एमालेले नेपाली कांग्रेसविरुद्ध सोही आधारको रिट निवेदनमा सर्वोच्च अदालतले सभामुखको मत जोड्न नपाउने आदेश दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.