|
फाइल तस्वीर

काठमाडौँ : सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सहकारी ठगी प्रकरणको विषयलाई राजनीतिक कुण्ठाको विषय नबनाउन नेपाली कांग्रेसलाई आग्रह गरेका छन्।

बुधवार प्रतिनिधिसभा बैठकमा सांसद झाले आफ्नो पार्टीले भ्रष्टाचार र बलात्कार अन्त्यका लागि संसद र सरकारलाई पटकपटक सुझाव दिएको पनि स्मरण गराए। 

उनले आफ्नो पार्टीको सुशासनबारे प्रतिबद्धतामा शंका गर्नुपर्ने कुनै कारण नरहेको बताए। सांसद झाले देशलाई यही व्यवस्थाभित्र सुशासनको माध्यमबाट अघि बढाउने लक्ष्यका साथ आफ्नो पार्टी अगाडि बढेको दावीसमेत गरे।

‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशासन नपाइएला वा सुशासनमा अवरोध गर्ला कि भनेर आशंका कतै नगरिदिनुस्। किनकी हाम्रो दलको सृजना र स्थापनाको आधार नै त्यही हो‚’ उनले भने, ‘त्यो कसैले दिएको एउटा उजुरी हो‚ जुन दर्ता भएको छैन। आफ्नो प्रायोजित पत्रकारहरुलाई केही लेख्न लगाइएको सूचना मात्रै हो। त्यसको आधारमा पटकपटक कुनै एउटा व्यक्तिप्रति गरिएको प्रहारप्रति हाम्रो आपत्ति छ।’

उनले सहकारीलगायत सबै भ्रष्टाचारको अनुसन्धानका लागि तयार हुन पनि सबै राजनीतिक दलहरुलाई अनुरोध गरे। 

‘आउनुस्–कानूनी रुपमा जाऊँ। कति कुण्ठा पालेर बस्नुहुन्छ? यस्तो राजनीति नगरौँ। सहकारीको सबै मुद्दाहरुको छानबिन गरेर निराकरणको प्रस्ताव पनि राख्यौँ। हामीले कहिले छानबिन नगरौँ भनेर भनेका छौँ? हामीले भन्यौँ २०४७ पछिको सबै छानबिन गरौँ भनेर। २०४७ पछिका सबै फाइल खोलौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.