|

बैतडी : तीन दिनदेखि बेपत्ता रहेकी बैतडीकी एक महिला मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको पुर्चौडी नगरपालिका-४ भटना ओखडानीकी अन्दाजी २० वर्षीया रेखा भट्ट मृत फेला परेकी हुन्।

चैत २६ गते दिउँसोको खाना खाएर घरबाट निस्केकी सम्पर्कविहीन ती महिला बुधवार वडाकै रानीवनमा मृत फेला परेको वडा नं ४ का वडाध्यक्ष दिलबहादुर धानुकले जानकारी दिए। वडा नं ९ न्वादेउधारीसैन माइती घर भएकी रेखाको गत वर्ष बिहे भएको थियो।

उनका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा भारतको बेंगलोरमा रहेका बताइएको छ। रेखाको मृत्युको कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.