|

स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले इजरायलले गाजामाथि गरिरहेको आक्रमणको चर्को आलोचना गरेका छन्। 

कंग्रेसलाई सम्बोधन गर्दै प्रधानमन्त्री साञ्चेजले आफूहरू प्यालेष्टाइनलाई छुट्टै देशको मान्यता दिन तयार रहेको बताए। यो कदम मध्यपूर्वको तनाव कम गर्नका लागि सहयोगी हुने उहाँको दाबी छ । ‘यो युरोपको भौगोलिक हितका लागि पनि उपयुक्त छ’, उनको भनाइ उद्धृत गर्द बीबीसीले जनाएको छ।

उनले प्यालेष्टाइनलाई छुट्टै देशको समर्थन दिने सन्दर्भमा युरोपियन युनियनका नेतासँग पहल गर्ने बताए। साञ्चेज शुरुदेखि नै हमासविरुद्ध इजरायलले गाजामा जारी राखेको कारबाहीको आलोचक थिए। 

अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोंगले पनि प्यालेष्टाइनलाई छुट्टै देशको मान्यता दिनु नै शान्तिको दिशामा उपयुक्त कदम हुने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.