|

काठमाडौं :  काठमाडौंबाट म्याग्दीको दरबाङका लागि छुटेको ग २ ख १६३० नम्बरको बस पोखरा महानगरपालिका–२५ सुइखेतमा  दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

आज बिहान ३ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। बस सडक डिभाइडरमा ठोक्किएको हो। 

३१ जना सवार बसमा प्रहरीले उद्धार गरी  ८ जना घाइतेलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.