|

वीरगञ्ज : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट, छली, ठगी, तस्करी जस्ता गैरकानुनी गतिविधि गर्नेविरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्ने बताएका छन्।

गृह र अर्थ मन्त्रालयद्वारा वीरगञ्जमा आज आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उनले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने स्पष्ट पारे। लामिछानेले बिलविजकको विषयमा सरकारले गम्भीरतापूर्वक लिने बताए।

‘अन्डरबिलिङ, गलत बिलिङलाई पूर्ण नियन्त्रण गर्ने कदम चाल्ने रणनीतिसहित अघि बढ्नेछौँ’’, उनले भने, ‘बिल नबनाउने, गलत बिल बनाउने। एउटा सामान ल्याउँदा अर्को सामानको बिल गराउने कार्यलाई गम्भीरतापूर्वक लिनेछौँ।’ गृहमन्त्री लामिछानेले राजस्व संकलनमा देखिएका चुनौती समाधान गर्न सक्रिय भएर सरकार लागेको जानकारी दिए।

‘बजारमा छयाप्पछयाप्ती अखाद्य वस्तु छन्। किसानले दूध फाल्ने अवस्था सृजना भएको छ। आफ्नै उत्पादनले बजार पाइरहेका छैनन्। यो कुरा देखेर पनि प्रशासनले वास्ता गरेका छैनन् भने कुनै पनि हालतमा सह्य हुँदैन’, उनले भने।

गृहमन्त्री लामिछानेले बजारमा प्रतिबन्धित वस्तु पर्याप्त मात्रामा भइरहेकोप्रति असन्तुष्टि जनाउँदै प्रतिबन्धित आयातलाई नियन्त्रण गर्न सरोकारवाला निकायलाई निर्देशन दिए।

उद्योगी व्यवसायीको व्यवसायलाई सुरक्षा र सुरक्षित गर्ने काम गर्न आग्रह गरे। ढुक्क भएर उद्योगधन्दा तथा व्यापार गर्ने वातावरणको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गृहमन्त्री लामिछानेले मधेश प्रदेशबाट मुलुकमा नियम कानुन र थिति बसाल्ने कामको थालेको दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.