|

काठमाडौं : नयाँ वर्षको अवसर पारेर नेपाल बुलेट हाउस को आयोजनामा काठमाडौं रामेछाप रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल राइडको आयोजना भएको छ। 

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने भन्दै नेपाल बुलेट हाउस प्रालिले नेपालको  उदयमान गन्तव्यहरूको टु ह्हुवीलर राइड मार्फत दिगो पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंदेखि रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा रहेको चर्चित ताँवे डाँडासम्म बुलेट मोटरसाइकल यात्राको आयोजना गरेका हो।

रोयल इनफिल्ड बाइकका राइडरहरुले नेपाल बुलेट हाउसको अगुवाइमा काठमाडौंदेखि ताँवे डाँडा, दोलखाको जिरी हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको छ। 

विभिन्न जाति, भाषा, धर्मको विषयमा निकै विवाद भइरहेको बेला हामीले पहिला नेपाली हुन सक्नुपर्ने भन्दै आपसी भाइचारा र पर्यटन प्रवर्द्धनका लागि टु ह्विलर यात्रा गरेको नेपाल बुलेट हाउसका अध्यक्ष रमेश कार्कीले बताए।

‘आन्तरिक पर्यटन प्रवर्द्धन गरौं’ राइड फर नेसन भन्ने नाराका साथ २२ वटा रोयल इन्फिल्ड मोटरसाइकलमा २७ जनाको सहभागिता रहेको कार्कीले बताए। चैत्र ३० गते काठमाडौंबाट निस्केको राइडरहरुको टोलीले २०८१ वैशाख १ गते रामेछाप जिल्लाको गोकुलगंगा र उमाकुण्ड गाउँपालिका स्थिते चर्चित ताँवे डाँडामा विशेष कार्यक्रमका साथ वन भोजको आयोजना रहेको अध्यक्ष कार्की ले बताए।

काठमाडौंका बुलेट राइडर्सहरूले शुक्रबार काठमाडौंस्थित नेपाल बुलेट हाउसको कार्यालयबाट नेपालका फिल्मी जगतका स्टार निखिल उप्रेतिले राईडको सफलताको शुभकामनाका साथमा बिदाइ गरे।  

सबै राइडरले नेपालको झण्डासहित निस्केका उनिहरु काठमाडौंबाट खुरकोट हुँदै रामेछापको ताँवे डाँडामा विशेष कार्यक्रममा भाग लिएर दोलखाको जिरीमा जिरी महोत्सवमा सामेल भइ २ गते काठमाडौं फर्कने योजना रहेका अध्यक्ष रमेश कार्कीले बताए। नेपाल बुलेट हाउसको आयोजनामा यसअघि पनि आन्तरिक पर्यटन प्रवर्द्धनका लागी विभिन्न कार्यक्रमहरू भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.