|

धादिङ : धादिङको खाल्टेमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु छ। ९ जना घाइते भएका छन्। 

निलकण्ठ नगरपालिका–५ खाल्टेको पतेनीबाट मल बोकेर पतेनी बेँसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पालपाली टोलमा आज बिहान ९ बजे दुर्घटना भएको निलकण्ठ नगरपालिका-५ का वडाध्यक्ष रामबहादुर श्रेष्ठले जानकारी दिए। 

दुर्घटनामा घाइते भएका ९ जनाको उद्धार गरेर अस्पताल लैजाँदै गरेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.