|

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पर्सि (मंगलवार)देखि बन्द हुने भएको छ।

भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गरिन लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।

अप्रिल १९ तारिख (वैशाख ७ गते) उत्तराखण्ड राज्यमा लोकसभाको निर्वाचन हुँदै छ। उक्त निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ७ बजेदेखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने प्रजिअ शर्माले बताए।

उक्त अवधिमा सीमा नाकामा आवतजावत पूर्ण रुपमा बन्द गरिनेछ। सुरक्षा सम्वेदनशीलताका कारण नाका बन्द हुन लागेको हो। 

सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ। भारतीय अधिकारीहरुसँग यसअघि नै समन्वय गरेर नाका बन्द गरिने भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.