|
सांकेतिक तस्वीर

दाङ : माटोको ढिस्कोले पुरिएर दाङमा २ जना बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आषिश चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।

आन्द्राभरैयाका ४ जना बालक घरदेखि करिब ५ सय मिटर टाढा रहेको कर्मटे भन्ने स्थानमा बबई नदीको किनारमा खेल्न गएका वेला उनीहरु माटोको ढिस्कोमा पुरिएको प्रहरीको भनाइ छ। 

आज दिउँसो खेल्न गएकामध्येबाट ३ जना खाल्डोमा परेपछि एकजना बालकको उद्धार गरिए पनि २ जना गहिरो खाल्डोमा परेर पुरिएका थिए।

पुरिएकालाई गाउँलेले उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान घोराहीमा उपचारका लागि लगेकामा अस्पतालले मृत घोषणा गरेको प्रहरी प्रमुख केसीले जानकारी दिए। 

उनीहरुको शव अहिले शवपरीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ। खाल्डो किन खनिएको थियो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.