|

काठमाडौँ : भक्तपुरमा हरेक वर्ष मनाइने ‘जिब्रो छेड्ने जात्रा’ सम्पन्न भएको छ।

यो वर्ष २८ वर्षीय सुजन बागस श्रेष्ठले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन्। यसअघि नौपटकसम्म जिब्रो छेडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कनिष्ठ पुत्र सुजनले गत वर्ष पनि जिब्रो छेडेका थिए।

जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि नै केही नखाई व्रत बस्नुपर्ने नियम छ। त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिघ्नबाधा आउने जनविश्वास छ। मध्यपुर ठिमी–२ मा रहेको गणेशको मन्दिरअगाडि रहेको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने चलन छ।

जिब्रो छेड्ने व्यक्तिले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मीलगायत विभिन्न शक्तिपीठ परिक्रमा गर्दछन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.