|

काठमाडौँ : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देशमा लुटतन्त्र व्याप्त भएकाले नेपाली निराश रहेको बताएका छन्।

आइतवार काठमाडौँमा स्व.सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले वर्तमान शासन, सत्ताका वरपर लुटतन्त्र हावी भएको आरोप लगाएका छन्। 

उनले देश असन्तोष, अराजकता र विद्रोहतिर उन्मुख भएको बताए। उनले अहिलेको परिस्थितिलाई सम्हाल्न सबै राजनीतिक दलहरु एक हुनुपर्ने आवश्यकता रहेको बताए। उनले देशको राष्ट्रिय अवस्था सोचेको जस्तो सहज नरहेको बताए।

‘अहिले राष्ट्रिय परिस्थिति नाजुक छ‚ आम जनतामा निराशा‚ असन्तोष छ। वर्तमान शासन, सत्ताका वरपर लुटतन्त्र छ। लुटतन्त्रबाट देश वास्तवमै असन्तोष छ‚’ उनले भने, ‘त्यसैले असन्तोषबाट अराजकता, अराजकताबाट विद्रोहतिर उन्मुख छ। यो परिस्थितिलाई सम्हाल्नुपर्ने सबै राजनीतिक दलहरुलाई चुनौति छ।’

नेता केसीले परराष्ट्र नीतिलाई राष्ट्रिय सहमतिको साझा दस्ताबेज बनाउनुपर्ने आवश्यकता रहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.