|

काठमाडौं : नेपाल समाजवादीका राजनीतिक समितिका सदस्य विश्वदीप पाण्डेले पार्टी छाडेका छन्।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै विश्वदीपले साधारण सदस्यसमेत नरहनेगरी नेपाल समाजवादी पार्टीमा नरहेको घोषणा गरेका हुन्। ‘आजको मितिदेखि लागू हुने गरी मैले नेपाल समाजवादी पार्टीबाट साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको छु,’ उनले लेखेका छन्।

उनी माओवादीको सशस्त्र युद्धकालदेखि नै बाबुराम भट्टराईको स्वकीय सचिव थिए। पछिल्लो समय सरकारमा जाने विषयमा पार्टीमा दुई धार हुँदै विभाजनसम्म पुग्दासम्म उनी भट्टराईकै साथमा थिए। 

उनी नेसपा र माओवादी एक हुनुपर्ने पक्षमा थिए। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्ना अध्यक्ष भट्टराईबीच भेटको वातावरण मिलाएका थिए।

 गत चैत ३ गते नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगा नारायण श्रेष्ठलगायतले पार्टी फुटाएर माओवादी केन्द्रसँग एकता गर्ने सहमति गर्दा पनि विश्वदीप बाबुरामकै पक्षमा थिए।

एक महिनापछि सोमबार उनले साथ छोडेको घोषणा गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.