|

काठमाडौँ : नेपालका ओपनर ब्याटर आसिफ शेखले अन्तरराष्ट्रिय टी-२० मा १ हजार रन पूरा गरेका छन्।

एसीसी प्रिमियर कपअन्तर्गत आज (सोमवार) हङकङसँग भएको खेलमा आसिफले १ हजार रन पूरा गरेका हुन्। हङकङविरुद्ध आसिफले १८ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरेर ४० रन बनाए।

उनले अहिलेसम्म खेलेका ४१ अन्तरराष्ट्रिय खेलमा ५ अर्धशतक प्रहार गर्दै कुल १ हजार ८ रन बनाएका छन्। उनी अन्तरराष्ट्रिय टी-२० मा १ हजार रन पूरा गर्ने नेपाली खेलाडीको सूचीमा चौथो बनेका हुन्।

उनीभन्दा पहिले दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले अन्तरराष्ट्रिय टी-२० मा १ हजार रन पूरा गरेका थिए। 

अन्तरराष्ट्रिय टी-२० खेलमा दीपेन्द्रले कुल १ हजार ५६० रन, कुशलले १ हजार ८१ रन र रोहितले १ हजार ६६ रन बनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.