|

काठमाडौं : नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआजी)मा बढुवाका लागि सिफारिस भएका छन्। 

जनपद प्रहरीको समूह तर्फका दुई जना भीम प्रसाद ढकाल र उमेशराज जोशी एआइजीमा बढुवा भएका हुन्। 

त्यस्तै प्राविधिक समूह अन्तरगत इन्जिनियरिङ उपसमूहका  प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द्र अर्याल र प्राविधिक समूहकै केनाइल उसमूहका तर्फका डाक्टर देउती गुरुङलाई डीआएजीमा बढुवाका लागि सिफारिस गरिएको नेपाल प्रहरीको बढुवा समितिका सदस्य सचिव एआइजी टेकप्रसाद राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.