|

काठमाडौं : वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार मतपत्र पठाइने भएको छ। छपाइको काम सकिएसँगै मतपत्र सम्बन्धित क्षेत्रमा पठाउन लागेको निर्वाचन आयोगले जनाएको छ।

प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम-२ का लागि एक लाख २८ हजार र बझाङ- १ (१)का लागि ६८ हजार मतपत्र छापिएको छ । इलाम-२ मा १९ र बझाङ- १ (१) मा ११ उमेदवार छन् । 

इलाममा एक लाख १५ हजार ८९ मतदाता कायम छन्। बझाङमा ६१ हजार ७४ मतदाता छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.