|

दाङ : घोराहीका महिला हस्तकलाका सामग्री सामग्री बनाएर आकर्षक आम्दानी गरिरहेका छन् । 

हस्तकलाका सामग्री उत्पादनका माध्यमबाट आयआर्जनका गतिविधिमा जोडिएपछि घर चलाउन सहज हुनुका साथै बचतसमेत गर्ने गरेको लमही नगरपालिका–५ निवासी सरिता चौधरीले बताइन्। हस्तकलासम्बन्धी मेरी हस्तकला उद्योग स्थापना गरेर व्यवसाय गर्दै आएकी चौधरीले कला, संस्कृतिको संरक्षणसँगै आफूजस्ता महिलाका लागि आम्दानीको स्रोत बनेको बताइन्।

‘हराउँदै गएको सीपको संरक्षणसँगै व्यवसायबाट आम्दानी हुने गरेको छ’, उनले भनिन्। उनकाअनुसार थारू समुदायसँग सम्बन्धित हस्तकलाका सामग्री खपत राम्रो हुने भएकाले बनाउन सके महिनामा १५-२० हजार सजिलै कमाउन सकिन्ठछ। 

उनी  गमला, ढकिया, टोकरी, पेनहोल्डर, हटकेस, थाल टोकरी, ट्रेलगायतका सामग्री बनाउँछिन्। सरिताजस्तै सुमित्रा चौधरी पनि हस्तकलाका सामग्री उत्पादन गरी आम्दानी गर्छिन्। तीन वर्षअघि सीप सिकेर हस्ताकलाका सामग्री उत्पादनमा लागेकी सुमित्राले महिनामा २० हजारसम्म कमाउने बताइन्। 

घरको काम गरेर बचेको समयमा विभिन्न सामग्री बनाएर बिक्री गर्ने गरेको उनले बताइन्। ‘घरको कामसँगै हस्तकलाका सामग्री उत्पादन गर्नुपर्ने भएकाले धेरै समय मिल्दैन’, उनले भनिन्, ‘सामग्री उत्पादनमा मात्रै लागेकाहरूले महिनामा ३० हजारसम्म कमाउँछन्।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.