|

काठमाडौं : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी नियुक्त भएका छन्। 

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) बमोजिम सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। 

बिहीबार दिउँसो एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएसँगै सोडारीले प्रदेश प्रमुखसमक्ष मुख्‍यमन्त्रीमा दाबी पेस गरेका थिए।

सत्तारुढ दलहरु एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा उनले दाबी पेस गरेका हुन्।

गत मंगलबार मुख्यमन्त्रीका लागि पेस गरिएका दुवै दाबी अस्वीकृत गर्दै प्रमुख नजिर मियाँले  मुख्यमन्त्रीमा दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको समय दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.