काठमाडौं : धनुषाको नकटाझिजमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
मिथिला नगरपालिका-२, नकटाझिजस्थित ढल्केबर-जनकपुर सडकमार्गमा बिग्रिएर रोकिराखेको टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको हो। उनको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताए।
गएराति २ बजेतिर जनकपुरबाट ढल्केबरतर्फ आउँदै गरेको प्रदेश २-०१-००१ क ०१६० नम्बरको मोटरसाइकल सोही दिशातर्फ बिग्रिएर रोकिराखेको मधेश प्रदेश ०१–००४ प ७५०० नम्बरको ट्रिपरमा ठोक्किएको हो।
गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले बताएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।