|

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्रिपरिषद्  विस्तार गरेका छन्।​

चौथोपटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद्  विस्तार गरेका छन्।

नवनियुक्त मन्त्रीहरूमा भरतप्रसाद साह विनाविभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेली विनाविभागीय मन्त्री बनाइएका छन्। यसैगरी शारदा थापाले गृह, सञ्चार तथा कानून मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन्।

साह र भट्टराई नेकपा माओवादी केन्द्रका हुन् भने लुङ्गेली नेकपा समाजवादी र थापा नेकपा एमाले प्रदेशसभा सदस्य हुन्। 

नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट शपथ लिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.