|

काठमाडौँ : कोशी प्रदेशमा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापाले बहुमत पक्षले सरकार चलाउने बताएका हुन्।

बिहीवार प्रदेशसभा परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका छन्। उनले अल्पमत, बहुमत हुनु स्वभाविक भएको बताउँदै संसारको मूल्य मान्यतानुसार बहुमतले शासन गर्ने र अल्पमत प्रतिपक्षमा बस्ने भएको बताए। उनले अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने नहुने बताए। उनले विधि र प्रक्रिया पूरा गर्ने बाटोबाट काँग्रेस अघि बढ्ने बताए।

थापाले भने, ‘अल्पमत, बहुमत हुनु स्वभाविक हो। बहुमतले शासन गर्ने हो, अल्पमत प्रतिपक्षमा बस्ने हो। अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने होइन, त्यसका प्रक्रिया हुन्छन्। विधि र प्रक्रियाको बाटोबाट के गर्नुपर्छ, त्यो निर्णय र निष्कर्षमा पुग्नेछौँ।’

कोशी प्रदेशमा नयाँ सत्ता समीकरणसँगै नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएसँगै नेपाली काँग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परेका छन्।

उनले आफू संविधानको धारा ५ अनुसार मुख्यमन्त्री बनेको भन्दै आफूलाई समर्थन गर्नुको विकल्प नरहेको बताएका छन्। आफूले विश्वासको मत लिन नपर्ने र राजीनामा पनि नदिने अडान लिएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.