|

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक झनै गहिरो संकटमा फस्ने र आन्तरिक तथा बाह्य शक्ति केन्द्रले आफ्नो स्वार्थका लागि फाइदा उठाउने जोमिख बढेकाले नयाँ सत्ता समीकरण निर्माणको विकल्प रोजेको बताएका छन्। ललितपुरको गोदावरीमा जारी राष्ट्रिय प्रतिनिधि परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

‘निर्वाचनको मात्रै प्रतीक्षा गरिरहँदा मुलुक झनै गहिरो संकटमा फस्ने र आन्तरिक तथा बाह्य शक्ति केन्द्रहरूले आफ्नो स्वार्थका लागि त्यसको फाइदा उठाउने जोखिम बढ्दै गयो’, उनले भने, ‘आन्दोलनको आँधीबेहरी उठाएर सरकारको गलत कामलाई रोक्ने र गठबन्धनलाई पराजित गर्ने विकल्प पनि हामीसँग थियो थियो। तर हामीले सम्भव भएसम्म राजनीतिक शक्तिहरूलाई गोलबन्द गर्दै त्यसको त्यस जनविरोधी गठबन्धन भत्काउने र तुलनात्मक रूपमा देशका लागि अनुकूल राजनीतिक समीकरण निर्माण गर्ने विकल्प रोज्यौं।’

नयाँ सत्ता समीकरण निर्माणसँगै मुलुकको राजनीति केही हदसम्म अनुकूल बनेको ओलीको दाबी छ। उनले एमालेविरुद्ध बनेको गठबन्धन तोडेसँगै राष्ट्रिय राजनीतिमा एमालेको नेतृत्वदायी भूमिका फेरि एकपटक स्थापित भएको बताएका छन्। ‘२०८० फागुन २१ गतेयता सत्ता समीकरण अघि बढेको छ। यससँगै मुलुकको राजनीति केही हदसम्म अनुकूल बनेको छ’, उनले भनेका छन्, ‘एमालेविरुद्ध बनाइएको गठबन्धन र गरिएको घेराबन्दी तोडिएसँगै राष्ट्रिय राजनीतिमा एमालेको नेतृत्वदायी भूमिका फेरि एकपटक स्थापित भएको छ। नयाँ सत्ता सहकार्यबाट जनतामा अलिकति भए पनि आशा र भरोसा पुनर्जागृत भएको छ।’ 

नयाँ सत्ता सहकार्य निर्माण गरिरहँदा एमालेले कुनै स्वार्थई केन्द्रमा नराखेको ओलीले बताए। उनले देशको स्वार्थ नै एमालेको स्वार्थ रहेको उल्लेख गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.