गुल्मी : गुल्मीको इस्मा गाउँपालिका २ मा पनि आज भीषण आगलागी भएको छ।
उक्त आगलागीमा ३८ घरगोठ जलेका जनाइएको छ। नजिकैको सामुदायिक वनमा लागेको आगो हावाका कारण बस्तीमा आइपुगेको हो। आगोले १३ घर र २५ गोठ जलेको स्थानीयले बताएका छन्।
घरगोठ जल्दा थुप्रै पालुवा जनावर पनि जलेको बताइएको छ। अझै आगो नियन्त्रणमा आएको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।