|

बैतडी : ट्याक्टरले किच्दा बैतडीमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका-१ का २५ वर्षीय नरेन्द्रप्रसाद भट्ट रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

डिलाशैनी गाउँपालिका-१ ब्रमबाट सिमारतर्फ गइरहेको सुपप्र ०१००२ त ४६८६ नम्बरको ट्याक्टरले डिलाशैनी-१ को  वडा कार्यालय नजिकै वसन्तपुर तुफानडाँडा ब्रम भन्ने स्थानमा आइतबार दिउँसो २ बजे भट्टलाई ट्याक्टरले किचेको हो।

उक्त ट्याक्टरको ढालामा सवार नरेन्द्र एक्कासी खसेका र ट्याक्टरको पछाडिको टायरले किचेको थियो। टायरले किचेर नरेन्द्रको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए। 

घटनालगत्तै सिमार प्रहरीचौकी र इलाका प्रहरी कार्यालय पाटनको प्रहरीको टोली  गएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.