|

काठमाडौं : चैत्र शुक्ल पूर्णिमा। वर्षकै पहिलो पूर्णिमा। चैत्र शुक्ल प्रतिपदामा संवत्सर आरम्भ हुने भएकोले यो पूर्णिमालाई नै वर्षको पहिलो पूर्णिमा मानिन्छ।

यो दिन हनुमान जयन्ती मनाइन्छ। वायु र अञ्जनीपुत्रका रूपमा जन्मेका हनुमान भगवान् रामका बाहनको रूपमा परिचित छन्। 

यसैगरी विभिन्न तीर्थस्थलमा मेला तथा जात्रा लाग्छ। विशेषगरी बालाजुको २२ धारामा मेला लाग्छ। यहाँ स्नान गर्नाले चर्मरोगबाट मुक्त भई दीर्घजीवन तथा सुख, शान्ति एवं समृद्धि कायम हुने विश्वास छ।

नेवार समुदायमा ल्हुति पुन्हिका रूपमा यो दिनको महत्त्व छ। तामाङ समुदायको तेमाल जात्रा पनि यही दिन सम्पन्न हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.