|

काठमाडौं : पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ।

गएराति जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने मिथिला नगरपालिका–६ मा यादव आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवालेले जानकारी दिए।

गएराति १ बजे दुर्घटनामा परेका यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा बिहान ६ बजे निधन भएको उनको भनाइछ। 

उनी जनकपुरमा बसेर पत्रकारिता गर्थे।  दुर्घटनामा पत्रकार यादवका साथी धनुषाधाम–५ कै करिब ३० वर्षीय लक्ष्मी नारायण यादव पनि गम्भीर घाइते भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.