काठमाडौं : टी–ट्वेन्टी सिरिजको चौथो खेलमा वेष्टइण्डिज ‘ए’ विरुद्ध नेपालका आशिफ शेख शून्यमा आउट भएका छन्।
त्रिवि क्रिकेट मैदानमा २ सय १० रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो ओभरको दोस्रो बलमै विकेट गुमाएको हो।
आजको खेल हारे नेपालले एक खेल अघि नै श्रृंखला गुमाउनेछ।
टस जितेर पहिला ब्याटिङमा आएको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनाएको थियो।
उसका आन्द्रे फ्लेचर र जोन्सन चार्ल्सले अर्धशतकीय पारी खेले। ५४ बल खेलेका फ्लेचर ८४ रनमा अविजित रहे। उनले ९ चौका र ४ छक्का प्रहार गरे।
चार्ल्सले ५८ रनको योगदान गरे। ३० बल खेलेका उनले ६ छक्का र ३ चौका हिर्काए। फाबिआन एलेनले आउट नभई ३३ रन बनाए।
नेपालका कुशल भुर्तेलले २ र प्रतिस जिसिले एक विकेट लिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।