|
फाइल फोटो

काठमाडौं : वेष्टइण्डिज ‘ए’ विरुद्ध टी–ट्वेन्टी सिरिजको चौथो खेलमा नेपालले चौथो विकेट गुमाएको छ।

क्याप्टेन रोहित पौडेलसँग इनिङ सम्हाल्ने प्रयास गरिरहेका सन्दीप जोरा १९ रन बनाएर आउट भए।

ओपनर आसिफ शेखलाई शून्यमा गुमाएको नेपालले त्यसपछि लगातार दुई विकेट गुमाएको थियो। कुशल भुर्तेल एक र कुशल मल्ल ४ रनमा आउट भए।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपाल २ सय १० रनको विशाल लक्ष्य पछ्याइरएको हो।

आजको खेल हारे नेपालले एक खेल अघि नै श्रृंखला गुमाउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.