|

काठमाडौं : देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ।​ 

चितवन, भरतपुर महानगरपालिका-१२ बसन्तचोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना.२८ प ७०१२ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिई गएराति दुर्घटना हुँदा स्कुटरमा सवार सोही महानगरपालिका-११ जागृतीटोल बस्ने २९ वर्षीया प्रिती कुमालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ। स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

सुर्खेत, भेरीगंगा नगरपालिका-२ सप्तरीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार बिरेन्द्रनगर नगरपालिका-१२ बस्ने ४९ वर्षीय मान बहादुर चौधरीको शनिबार दिउँसो मृत्यु भएको छ। मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका उनको माया नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले हाल फरार मोटरसाइकल र चालकको खोजी गरिरहेको छ।

मकवानपुर, थाहा नगरपालिका-९ ठुलोचौरस्थित सडकमा सडक मर्मतको काम गर्दै गरेको आरडी १०१-०३८ नम्बरको लोडर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा च्यापिएर लोडरका हेल्पर नुवाकोट घर भएका २८ वर्षीय सागर भण्डारीको मृत्यु भएको छ। लोडर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापा, मेचिनगर नगरपालिका-१५ गाईनाबारीस्थित सडकमा मे.११ प ९०२ नम्बरको मोटरसाइकल र मे.१ त ५३१९ नम्बरको ट्याक्टर एकआपसमा ठक्कर खाई शनिबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक कचनकवल गाउँपालिका-२ बस्ने २७ वर्षीय ज्ञान प्रसाद अधिकारीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

डडेल्धुरा, नवदुर्गा गाउँपालिका-४ सिरुडास्थित सडकमा बागमती प्रदेश ०१००१ क ९६५१ नम्बरको टिपर सडकबाट करिब २ सय ५० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा टिपर चालक धादिङ गजुरी गाउँपालिका-७ बस्ने ४० वर्षीय धिरज थापा मगर र टिपरमा सवार धादिङ रोडाङ गाउँपालिका बस्ने २७ वर्षीय बिष्णु विकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका टिपरमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौं, शंखरापुर नगरपालिका-९ खुलालटार स्थित सडकमा बा.प्र-०२-०२५ प २२०१ को स्कुटर र बा.३ ख.५२८० नम्बरको बस एकआपसमा ठक्कर भई शनिबार बेलुकी दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-६ साँखु बस्ने २४ वर्षीय रश्मिन श्रेष्ठको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपुल्स लाईफ केयर अस्पताल सलम्बुटार हुँदै नेपाल मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

यसैगरी काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित सडकमा चक्रपथबाट पानीपोखरीतर्फ जाँदै गरेको बा.८७ प ७२९४ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक ओखलढुङगा मोलुङ गाउँपालिका-४ घर भई काठमाडौं तार्केश्वर नगरपालिका बस्ने ५५ वर्षीय ओम प्रसाद दाहालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

महोत्तरी, बलवा नगरपालिका-१ बन्चौरीस्थित सडकमा परौलबाट खुट्टा पिप्राडीतर्फ जाँदै गरेको मधेश प्रदेश ०२-००६ प ३९७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक लोहारपट्टी नगरपालिका-४ बस्ने १८ वर्षीय रोशन ठाकुरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको चन्द्रकला अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.