|

संखुवासभा : संखुवासभा प्रहरीले बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। 

बालिका बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँ भिमाद नगरपालिका–२ का ३७ वर्षीय हिमाल मगर भन्ने अभिमान सिं आलेमगरलाई पक्राउ गरेको हो। 

सदरमुकाम खाँदबारीमा मंगलवार पत्रकार सम्मेलन गरेर बलात्कारमा संम्लग्न भएको आरोपमा तनहुँ भिमाद–२ आलेमगरलाई सार्वजनिक गरेको हो।

आरोपित आलेमगरले विवाह गर्ने प्रलोभन देखाएर खाँदबारीस्थित एक होटलमा लगेर १५ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

खाँदबारीको एक होटलमा बलात्कार गरेर भागेका आलेमगरलाई गत शनिवार ओखलढुंगाको सिद्धिचरण–११ रमाईलोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए। बालिकाको परिवारले दिएको उजुरीको आधारमा आलेमगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आरोपित आलेमगरले ती बालिकालाई एक साताअघि बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जबेगुले बताए। 

जिल्लामा यस आवको ९ महिनामा ११ वटा बलात्कारका घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रहरी कार्यालयका अनुसार आव ०७७/७८ मा २७ वटा बलात्कारका घटना भएका थिए। ०७८/७९ मा १८ वटा र ०७९/८० मा १६ वटा बलात्कारका घटना भएका थिए। 

प्रहरीले निरन्तर चलाएको सचेतनामूलक कार्यक्रम र नागरिक स्वयं सचेत भएका कारण बलात्कारका घटनामा कमी हुँदै गएको प्रहरीको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.