|

काठमाडौं :  'नौलो गणतन्त्र सामाजिक लोकतन्त्र २०८१ जेठ १५ गते काठमाडौंको भृकुटीमण्डप जाऔँ नौलो गणतन्त्रको आन्दोलनमा सहभागी होऔँ ' लेखिएको गुलाबी रङ्गको सिके राउतको फोटो भएको पोस्टर अहिले काठमाडौं महानगर भित्रको पोल भित्ताहरुमा जताततै देख्न सकिन्छ।

कोरिडोर होस या भद्रकालीको मुख्य सडक जताततै पोलहरुमा गुलाबी रङ्गको पर्चा देख्न सकिन्छ। नयाँ तथा वैकल्पिक भनिएको सिके राउतको पार्टीले काठमाडौं महानगरको फोहोरमैला तथा वातावरण ऐन विपरीत जथाभावी पोस्टर टाँसिरहेको छ।

काठमाडौं महानगरले सार्वजनिक स्थान , भित्ता , विद्युत , टेलिफोनका पोलमा प्रचार प्रसार गर्ने उद्देश्यले टाँस्नेलाई फोहोरमैला व्यवस्थापन ऐन २०६८ तथा नियमावली २०७० बमोजिम एक लाख रुपैया सम्म जरिवाना लिने गर्छ। केही समय अगाडि काठमाडौं महानगरपालिकाले जथाभावी फिल्मको पोस्टर पोलमा टाँसेर वातावरण प्रदूषित गरेको भन्दै चलचित्र बगानको निर्मातालाई जरिवाना तिराएको थियो। चलचित्र बगानका निर्माता सुरेश वाग्लेले ५० हजार जरिवाना तिरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.