|

अफगानिस्तानमा बाढीका कारण ३० हजारभन्दा बढी मानिस प्रभावित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले बाढी प्रभावित मानिसहरूलाई तत्काल आपतकालीन आश्रय, चिकित्सा आपूर्ति, खाना, नगद, सुरक्षित पिउने पानी र स्वच्छता किटहरू आवश्यक रहेको बताएको छ।

विश्व स्वास्थ्य संगठनले पनि पानीजन्य रोगहरू बढेको बताएको छ। विशेष गरी देशको उत्तरी क्षेत्रहरूमा पखाला र छालाको संक्रमण बढेको बताएको हो।

शुक्रबार र शनिबार फर्याब र पश्चिमी घोर प्रान्तमा भारी वर्षा र अचानक बाढीका कारण कम्तीमा १२० जनाको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.