|

काठमाडौं : नपाल गजल प्रतिष्ठानले हरेक दुई महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा'को चौथो शृङ्खला यही १२ जेठमा गर्ने भएको छ।

सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरमा दिउँसो १२:३० बजे हुने यस पटकको शृङ्खलामा गजलकारहरू भुवन बोहोरा 'निस्तेज', आर्य आयुषा र त्रुपकलाई प्रस्तुत गरिने प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए।

खुला प्रवेश गरिएको मुशायरामा दुईवटा साङ्गीतिक गजल प्रस्तुतिसँगै डा. भोजराज घिमिरेको नयाँ गजल कृति 'नाद'को विमोचनसमेत गरिने प्रतिष्ठानका सचिव अनजान यात्रीले बताए।

नेपाली गजलको परिष्कार अभियानमा सक्रिय प्रतिष्ठानले सामाजिक सञ्जालमार्फत गजल प्रशिक्षण गर्दै आएको छ भने समयसमयमा साङ्गीतिक गजल मुशायरा पनि गरिरहेको छ।

यसअघि गत १७ चैतमा प्रतिष्ठानले 'बृहत् साङ्गीतिक गजल गुञ्जन' सम्पन्न गरिसकेको छ। यस्तो बृहत् साङ्गीतिक गजल गुञ्जन हरेक वर्ष चैतमा गरिने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.