|

म्यान्माको अराकान आर्मीले गत नोभेम्बरमा सेनाप्रति बफादार जुन्टा सरकार र सेनामाथि आक्रमण गरेपछि रखाइनमा झडप हुँदा हजारौँ अल्पसङ्ख्यक रोहिङ्ग्या विस्तापित भएका समुदायको अधिकारका लागि आवाज उठाउँदै आएका म्यान्माका अधिकारकर्मीले बताएका छन्।

संयुक्त राज्य अमेरिकाले बढ्दो हिंसाका कारण रोहिङ्ग्या समुदाय समस्यामा परेको बताएको एक दिनपछि अधिकारकर्मीहरूले म्यानमाको जातीय सशस्त्र समूह अराकान आर्मीका कारण पश्चिमी रखाइन राज्यमा उत्पीडन बढेको र हजारौँ अल्पसङ्ख्यक विस्थापित भएको आरोप लगाएका हुन्।

अराकान आर्मीले गत नोभेम्बरमा जुन्टा सेनामाथि आक्रमण गरेपछि रखाइनमा तनाव बढेको छ र यसले सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि जारी युद्धविराम अन्त्य भएको छ।

उत्पीडनमा परेका रोहिङ्ग्या मुस्लिम अल्पसङ्ख्यक समुदायका करिब छ लाख सदस्य रहेको राज्यमा जातीय रखाइन जनसङ्ख्याका लागि थप स्वायत्तताका लागि सङ्घर्ष गरिरहेको अराकन समूहले जनाएको छ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको नरसंहारसम्बन्धी मुद्दाको विषय बनेको सेनाको कारबाहीका क्रममा लाखौं रोहिङ्ग्याहरू रखाइनबाट भागेका थिए।

विभिन्न रोहिङ्ग्या सङ्गठनले विदेशबाट जारी गरेको संयुक्त वक्तव्यमा अराकन लडाकुहरूले गत हप्ता रोहिङ्ग्या बासिन्दालाई बुथिडाउङ शहर छोड्न बाध्य पारेको र त्यसपछि उनीहरूका घरहरू जलाएको र लुटपाट गरेको उल्लेख छ।

अराकन लडाकुहरूले रोहिङ्ग्यालाई उनीहरूको नियन्त्रणमा रहेको क्षेत्रमा नबस्न निर्देशित गरेको बताइएको छ। वक्तव्यमा रोहिंग्या समुदायमाथि भइरहेको ‘जबर्जस्ती विस्थापन र मानव अधिकार उल्लङ्घन’ अन्त्य गर्न सशस्त्र समूहलाई आह्वान गरिएको छ।

अराकन आर्मीले रखाइन राज्यमा पहिलो बिजयको घोषणा गर्दै गत हप्ता बुथिडाउङलाई आफ्नो कब्जामा लिएको थियो।

उसले शहरका बासिन्दालाई त्यहाँबाट बाहिर जान चेतावनी दिएको र त्यसपछि मानिसहरूलाई सुरक्षित स्थानमा जान सहयोग गरिरहेको बताएको छ तर विस्तृत विवरण दिएको छैन।

अराकन समूहले बुथिडाउङलाई पारेको र आफूसँग लड्न ‘बङ्गाली मुसलमानहरू’ भर्ती गरेर ‘जातीय र धार्मिक हिंसा’ भड्काएको आरोप लगाएको छ।

रोहिङ्ग्याहरूले ‘बङ्गाली’ शब्दलाई बौद्ध बहुल म्यान्मामा हस्तक्षेपकारी कार्य गर्ने एक गालीको रूपमा प्रयोग गर्ने गरेका छन्।

अमेरिकी विदेश मन्त्रालयले मङ्गलबार अराकन समूहले सहरलाई तनावग्रस्त बनाएको, आगजनी गरेको र अल्पसङ्ख्यक समुदायलाई ठूलो सङ्ख्यामा विस्थापित हुन बाध्य पारेको समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको थियो।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुखले सप्ताहन्तमा यस्तै चेतावनी जारी गर्दै जातीय राखिन र रोहिंग्याबीच तनाव उच्च रहेको र म्यान्माको सैन्य जुन्टाले यसलाई बढावा दिइरहेको बताएका थिए।

“सेनाले रोहिङ्ग्यालाई लक्षित गरी नरसंहार र मानवताविरुद्धको अन्य अपराधका साथै रखाइनमा अन्तरसाम्प्रदायिक तनाव भड्काउने कामका अतिरिक्त ‘नागरिकमाथि गम्भीर खतरा’ सिर्जना गरेको छ,” अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनले भने, “अहिले बढेको हिंसा र अन्तरसाम्प्रदायिक तनावले थप ज्यादती हुने जोखिम पनि बढाएको छ।”

मिलरले जुन्टा र सबै सशस्त्र समूहहरूलाई नागरिकहरूको सुरक्षा गर्न र निर्बाध मानवीय पहुँचलाई अनुमति दिन आह्वान गरे।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएदेखि नै स्वायत्तता र आकर्षक स्रोतसाधनको नियन्त्रणका लागि सेनासँग लडेका म्यान्माको सीमावर्ती क्षेत्रमा रहेका थुप्रै सशस्त्र जातीय अल्पसङ्ख्यक समूहमध्ये अराकन आर्मी पनि एक हो।

सन् २०१९ मा सेना र अराकन समूहबीच भएको झडपका कारण करिब दुई लाख मानिस विस्थापित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.