दाङ : दाङमा २ वटा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पाको गंगादेव गाउँपालिका-६ ताप्ला बजारका ५४ वर्षीय वीरबहादुर खड्का रहेका जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सरकारी मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको रा ३ प ८२४५ नम्बरको मोटरसाइकल बुधबार लमही नगरपालिका १ नर्तीमा एकआपसमा ठोक्किँदा ३ जना घाइते भएका थिए।
घाइतेमध्ये खड्काको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र अन्य सोही ठाउँका ५७ वर्षीय कमानसिंह खत्री र रूपन्देहीको गैडहवा गाउँपालिका-७ छत्रपुरुवाका ३१ वर्षीय अजय मिश्रको उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।