|

धनकुटा : जारी ११ औँ रारा गोल्डकप अन्तर्गत शनिबार आयोजक रारा फुटबल क्लब र भोजपुर फुटबल संघबीच खेल हुँदैछ। खेल धनकुटाको चौबिसे गाउँपालिका-६ राजारानी खेलमैदानमा दिनको ३ बजे शुरु हुने आयोजकले जनाएको छ। 

यो पहिलो चरणको तेस्रो खेल हो। आइतबार पहिलो चरणको अन्तिम खेल हुने आयोजक समितिका संयोजक मणि चेम्जोङले जानकारी दिए।

जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद पाँच लाख र उपविजेताले दुईलाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप र प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ।

सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजक समितिका संयोजक चेम्जोङले जानकारी दिए। 

धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप ०५८ सालमा शुरु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.