|

धनकुटा : नेकपा (एमाले) धनकुटाको आठौँ जिल्ला अधिवेशन शनिवारदेखि सुरु हुँदैछ। अधिवेशनको मिति आइसक्दा गर्दा एमाले नेता कार्यकर्तामा अधिवेशनको सरगर्मी बढेको छ। जिल्लाका पार्टी नेता कार्यकर्तामध्ये कतिपयले नेतृत्वका लागिआकांक्षा व्यक्त गर्दै दौडधुप बढाएका छन भने कतिपयले कसलाई नेतृत्वमा पुर्‍याउने भनेर छलफललाई तिब्र बनाएका छन्। अधिवेशनले एक जना अध्यक्ष, एक जना उपाध्यक्ष, एक जना सचिव र एक जना महिला सहित दुई जना उपसचिव सहित ९० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ। जिल्ला कमिटिमा न्युनतम ७५ सदस्यीय बनाउने र एउटा निर्वाचन क्षेत्रबाट १५ जना थप हुने विधानमा व्यवस्था भएकाले धनकुटामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेकाले जम्मा ९० सदस्यीय जिल्ला कमिटि बन्ने एमाले धनकुटाका सचिव निरन राईले जानकारी दिए।

जिल्ला कमिटीमा कम्तीमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा र अपांग, मजदुर, पेशागत, दलित तथा अल्पसंख्यक गरी १० प्रतिशत अनिवार्य गरिएको सचिव राईको भनाइ छ।

धनकुटामा एमालेको लागि उम्मेदवार प्यानल सहित चुनावी मैदानमा होमिने तयारी गरेका छन्। सहमति नभए वर्तमान उपसचिब शिव आङ्ला र वर्तमान जिल्ला सचिवालय सदस्य निरेन तामाङ अध्यक्ष पदका लागि मैदानमा उत्रिने तयारीमा छन्। आङ्लाको टिममा उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा पर्शुराम नेपाल रहेका छन्। उपसचिवमा धेरै जना आकांक्षी भएकोले टुंगो लाग्न बाँकी रहेको छ। यस्तै निरेन तामाङ प्यानलमा उपाध्यक्षमा मनोज राई, सचिबमा शेरबहादुर लिम्बू र उपसचिवमा डा. गोपाल भट्टराई र मनकुमारी तितुङ (तारा) उम्मेद्धार हुने भएका छन्।एमालेले स्थानीय तह, प्रदेश र केन्द्रमा निर्वाचित जनप्रतिनिधी पार्टीको कार्यकारी पदमा बस्न नपाउने व्यवस्था गरेपछि पार्टीको नेतृत्वमा नयाँ अनुहार आउने भएका हुन्।

त्यसो त कतिपयले एमाले केन्द्रीय सदस्य तथा वर्तमान खानेपानी मन्त्री राजेन्द्रकुमार राई र एमाले जिल्ला अध्यक्ष तथा प्रदेशसभा सदस्य इन्द्रमणि पराजुलीको प्रतिष्ठाको लडाँइ समेत भनेका छन्।

शिव आङ्लाको प्यानललाई राई पक्षका उमेद्वार र निरेन तामाङको प्यानललाई पराजुली पक्षका उमेद्वार भनेर धेरैले विश्लेषण गरेका छन्।

नेकपा एमालेको आठौँ जिल्ला अधिवेशन शनिबार ११ बजे धनकुटाको सामुदायिक भवनमा सुरु हुँदैछ। नेतृत्व दावी गर्नेहरूबीच सहमति नजुटेआइतबार चुनाव गर्ने तयारी गरिएको एमाले धनकुटाले जनाएको छ।अध्यक्षका आकांक्षीबीच सहमति भएमा निर्वाचन नहुने एमालेले जनाएको छ।

शनिबार बिहान जिल्ला कमिटिको पूर्ण बैठक बसेर सर्वसहमतिको अधिकतम प्रयासको तयारी भइरहेको पनि गरिने एमालेको तयारी छ।

एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले उद्घाटन गर्ने अधिवेशन शनिबार र आइतबार चल्ने छ। अधिवेशनमा जिल्लाका सात स्थानीय तह, विभिन्न जनवर्गीय संगठन, पेशागत क्षेत्र, सम्पर्क मञ्चबाट प्रतिनिधी छनौट सकिएको छ। अधिवेशनमा ५ सय ४८ जना प्रतिनिधि सहभागी हुनेछन्। विधानमा ५ प्रतिशत मनोनित गर्ने व्यवस्था रहेको भएपनि जिल्लास्तरमा छलफल गरेर मनोनित नगर्ने सहमति भएको एमाले धनकुटा सचिब राईले जानकारी दिए।

अधिवेशन सम्पन्न गर्न एमाले धनकुटाका अध्यक्ष इन्द्रमणि पराजुलीको संयोजकत्वमा मूल व्यवस्थापन समिति र विभिन्न उपसमिति गठन गरिएको एमाले धनकुटाले जनाएको छ।

आठौँ जिल्ला अधिवेशन सम्पन्न गर्न केन्द्रिय निर्वाचन समितिको टीम आउने र जिल्लामा कानुन व्यवसायी, प्राध्यापक रहेको निर्वाचन समिति बनाइने एमाले धनकुटाले जनाएको छ। नयाँ नेतृत्व सहमतिका आधारमा चयन गर्न अहिले पनि प्रयासरत रहेको र सबै नेताहरु सहमति मै टुंग्याउन लागि रहेको त्यो कार्य शुक्रबार दिनभरि र बन्द शत्र सुरु नभएसम्म प्रयास हुने बताइएको छ। बन्द शत्र सुरु भएपछि पनि सहमति हुन नसके निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने सचिब राईले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.