|

पर्वत : कास्की प्रहरीले पोखराका मसाज सेन्टरबाट फेरि पनि पाँच जना बालिकाको उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माका अनुसार पोखरा महानगरपालिका–६ लेक साइडमा सञ्चालनमा रहेका तीनवटा ‘स्पा’ बाट पाँच जनाको उद्धार गरिएको हो।

‘नेक्टर इको फुट स्पा’ बाट तीनजना, ‘पन्चासे स्पा एन्ड पार्लर’ बाट एक जना र ‘नमस्ते वेलनेस स्पा’ बाट एकजना बालिकाको उद्धार गरिएको हो।

मसाज सेन्टरहरूमा बालिकाहरूलाई काममा लगाउने गरेको भन्ने सूचनाको आधारमा शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिकाको सामाजिक महाशाखा, राष्ट्रिय बाल अधिकार परिषद् र शक्ति समूह नेपालबाट संयुक्त रूपमा खटिएको अनुगमन टोलीले ती मसाज सेन्टरहरूमा अनुगमन गरेको थियो।

लेक साइडमा रहेकामध्ये १५ वटा मसाज सेन्टरहरूमा गरिएको अनुगमनमा ती वटाले बालिकाहरू राखेर काममा लगाएको पाइएको हो।

यसअघि जेठको पहिलो सातामा पनि लेक साइडमा रहेका मसाज सेन्टरबाट प्रहरीले छ जना बालिकाको उद्धार गरेको थियो। मसाज सेन्टरमा बालिकाहरूलाई यौनजन्य कार्यमा लगाएको भन्ने सूचनाका आधारमा प्रहरीले मसाज सेन्टरमा अनुगमन गरेको थियो।

पोखरा महानगरपालिकाको सामाजिक महाशाखा र शक्ति समूह नेपालका प्रतिनिधि समेत लिएर पुगेको प्रहरीले सेन्टर पोइन्ट स्पाबाट दुई जना, हिमालय स्पाबाट एक जना, पारामाउन्ट स्पाबाट एक जना जना र न्यु भिजन स्पाबाट दुई जना १८ वर्ष भन्दा कम उमेरका बालिकालाई काममा लगाएको पाइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.