|

काठमाडौँ : संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गोमा पुर्‍याउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बसे पनि कुनै सहमति भएन।

भोलि विहान पुन बस्ने गरी  आजको बैठक टुंगिएको हो। शीर्ष नेताबीचको अबको बैठकले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने कार्यादेशमा सहमति जुटाउने अपेक्षा गरिएको छ। 

सङ्घीय संसद्का दुवै सदनमा जारी गतिरोध अन्त्य गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु प्रतिनिधि सम्मिलित कार्यदलमा सहमति जुटाउने अन्तिम बिन्दुमा पुगेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताए।

सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले भने,  “निकास निकाल्न अन्तिम बिन्दुमा पुगेका छौँ, कार्यदलको बैठकमा भएको छलफलको विस्तृत विषयलाई प्रमुख दलका शीर्ष नेताहरुबीच राखेका छौँ। यसलाई अन्तिम टुङ्गोमा पुर्याउन कार्यदलको आजको छलफल निकै महत्वपूर्ण रह्यो।” 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना भएको सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गरेपछि छानबिन समिति गठन गर्न एक साताअघि समझदारी भएको थियो। 

समझदारी भए पनि समितिको कार्यादेशबारे टुङ्गो नलाग्दा गतिरोध कायमै छ। कार्यदलको बैठक लगतै प्रमुख दलका शीर्षनेताहरूबीच संसद्को गतिरोध हटाउने विषयमा पुनःबैठक बसेको तर कुनै सहमति नभएकाले बैठक भोलि बस्ने गरी सकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.