अध्यक्षमा घर्ती मगर, सचिवमा पोखरेल

|

पाल्पा : नेकपा एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती मगर निर्वाचित भएका छन्।

एमाले पाल्पाको शनिबार तानसेनमा सम्पन्न १०औं जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व निर्वाचित गरेको हो।

जसको उपाध्यक्षमा विमल काफ्ले, सचिवमा भोजराज पोखरेल (रामजी), उपसचिवमा दीपक विश्वकर्मा र मीना जिसी निर्वाचित भएका निर्वाचन उपसमितिका संयोजक विनोद कार्कीले जानकारी दिए।

दुई दिनसम्म चलेको अधिवेशनले पाँच पदाधिकारीसहित १०१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ। बाँकी सदस्य पदमा पनि सर्वसम्मत निर्वाचित भएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.