|

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलानजिक पहिरो खस्दा मेसिन अपरेटरको मृत्यु भएको छ। 

नाला खन्ने क्रममा पुल निर्माण कम्पनी एएनकेको मेसिनमाथि पहिरो खसेर अपरेटरको मृत्यु भएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ। मेसिनमाथि पहिरो खस्दा मेसिनमा समेत क्षति पुगेको छ। 

पहिरो खसेर मेसिनमै च्यापिएका अपरेटरलाई बाहिर निकालेर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको डिभिजन कार्यालयले जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.