|

धनकुटा : नेकपा एमाले धनकुटा जिल्ला कमिटीको आठौँ अधिवेशनअन्तर्गत आइतबार बिहानबाट निर्वाचन प्रक्रिया सुरु भएको छ। निर्वाचन कार्यक्रम धनकुटा सदरमुकामस्थित सामुदायिक भवनमा सुरु भएको हो।

अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र एक महिलासहित दुई उपसचिव सहित ९० सदस्यीय जिल्ला कमिटी चयन गर्ने एमाले निर्वाचन कमिटीले जनाएको छ।

अधिवेशनमा सहमतिमा नेतृत्व चयनका लागि छलफल चलेपनि आकांक्षीधेरै भएपछि सहमतिको सकिएको हो। अब मतदानबाटै नयाँ नेतृत्व चयन हुने भएको छ।

आइतबार बिहान उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रमअनुसार वर्तमान उपसचिव शिव आङ्ला र जिल्ला सचिवालय सदस्य निरेन तामाङले अध्यक्षमा मनोनयन दर्ता गरेका छन। उनीहरूले प्यानलसहित चुनावी मैदानमा जाने तयारी गरेका छन्।

आङ्लाको टिममा उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा पर्शुराम नेपाल, उपसचिवमा नैन विश्वकर्मा र तुलसी राईले उमेद्वारी दिएका छन्। यस्तै निरेन तामाङ प्यानलमा उपाध्यक्षमा मनोज राई, सचिबमा शेरबहादुर लिम्बू र उपसचिवमा डा. गोपाल भट्टराई र मनकुमारी तितुङ (तारा) ले उमेद्वारी दिएका छन्। पदाधिकारी सहित सदस्यहरुमा १ सय ५० जनाको उमेद्वारी दर्ता भएको छ। निर्वाचनमा कडा प्रतिष्पर्धा हुने अधिवेशन प्रतिनिधिहरुले बताएका छन।

मनोनयन दर्ता भइसके पनि सहमतिको प्रयास जारी रहेको एमाले धनकुटाका सचिव निरन राईले बताए। अन्तिम नामावलीसम्मको समय रहेकाले सहमतिको प्रयास हुने र सहमति नभए चुनावमा जाने राईले बताए।

यसैबीच, निर्वाचनमा उमेद्वार दर्ता गरिसकेकाले अधिवेशन प्रतिनिधिहरुसँग भेटघाट र मत माग्न सुरु गरिसकेका छन्। अधिवेशनमा ५ सय ४८ प्रतिनिधि सहभागि भएका छन्। एमालेले शनिबार सदरमुकामको सामुदायिक भवनमा अधिवेशनको उद्घाटन र बन्दसत्र गरेको थियो। नयाँ नेतृत्वका लागि मतदानसमेत सामुदायिक भवनमै गर्ने भएको छ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, एमाले केन्द्रीय सदस्य तथा खानेपानी मन्त्री राजेन्द्र राई, एमाले धनकुटा अध्यक्ष तथा प्रदेशसभा सदस्य इन्द्रमणि पराजुली सहितका नेताहरु धनकुटामा आफूनिकटका प्यानललाई निर्वाचित गराउने ध्याउन्नमा छन्।

जसमा स्थायी कमिटि सदस्य राई र जिल्ला अध्यक्ष पराजुली निरेन तामाङको प्यानललाई जिताउन लागि परेका छन् भने केन्द्रिय सदस्य तथा खानेपानी मन्त्री राई शिव आङ्लाको प्यानललाई जिताउन लागि परेका छन्। अझ कतिपयले त देखावटी रुपमा तामाङ र आङ्ला पक्षको भिडन्त भएपनि भित्री रुपमा मन्त्री राई र प्रदेश सभा सदस्य पराजुलीको प्रतिष्ठाको लडाइँ पनि भन्दै यो निर्वाचनलाई नेताहरुको शक्ति परीक्षणको रुपमा पनि हेरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.