|

पाकिस्तानको  बलुच विद्यार्थी परिषद (बीएससी) इस्लामाबादले बलुचिस्ताने प्रान्तमा उत्पीडनको सामना गरिरहेको बताएका छन्। 

नेशनल प्रेस क्लब एनपिसीमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै, बीएससी नेता इक्राम बलोच र अन्य काउन्सिल सदस्यहरूले  एरिड एग्रीकल्चर युनिभर्सिटी, रावलपिंडीका विद्यार्थी फिरोज बलोचलाई २०२२ मे ११ मा विश्वविद्यालयतर्फ जाँदै गर्दा अपहरण गरिएको थियो। 

उनीहरुले अदालतमा मुद्दा दायर र विरोध प्रदर्शन गरे पनि फिरोजको कुनै सुराग नआएको बताए। त्यस्तै, फिरोजको अपहरणपछि उनका क्लास फेलो अहमद खान बलोचलाई पनि बलुचिस्तानबाट अपहरण गरिएको उनीहरूले बताए। पत्रकार सम्मेलनमा सहभागीहरुले दुई वर्ष बितिसक्दा पनि बेपत्ता विद्यार्थीको खोजी नगरेको भन्दै आन्दोलन गर्ने घोषणा गरेका छन्।

उनीहरूले बलुचिस्तानका मानिसहरू र विद्यार्थीहरू विगत दुई दशकदेखि बलपूर्वक बेपत्ताको सामना गरिरहेको दाबी गरेका छन्। 

उनीहरूले इस्लामावाद र पञ्जाबका बलुच विद्यार्थीहरूलाई कानुन प्रवर्तन एजेन्सीहरूले उत्पीडनको सामना गरिरहेको र यसका कारण विद्यार्थीहरू मानसिक पीडामा परेको र उनीहरूको शिक्षामा असर परेको दाबी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.